Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

माछा मार्न गएका युवक तिला नदीमा बेपत्ता, खोजीकार्य जारी

  •   २ वर्ष अघि | ३ फाल्गुन २०८१, शनिबार

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीय भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, आज बिहान १० बजे उनी माछा मार्नका लागि नदी पुगेका थिए। सोही क्रममा नदीमा डुबेर बेपत्ता भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन्।

प्रहरीका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीका अनुसार बेपत्ताको खोजीमा स्थानीय प्रशासन, प्रहरी र स्थानीय युवाहरू सक्रिय छन्। हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको जनाइएको छ।

स्थानीय निकायद्वारा उद्धार प्रयास

तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले शाहीको खोजी कार्य तीव्र पारिएको बताए। स्थानीय प्रशासनको सहयोगमा नदी क्षेत्रमा व्यापक खोजी कार्य भइरहेको छ।


(रासस)


  • Jigyasa media

थप