Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

सुर्खेतमा ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

सुर्खेत — सुर्खेत प्रहरीले आइतबार साँझ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा कालीकोटको पलाता गाउँपालिका-५ निवासी २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१० निवासी २१ वर्षीय चन्द्र सुनार रहेका छन्। ठकुरी हाल वीरेन्द्रनगर-९ लाटिकोइलीमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले वीरेन्द्रनगर-१० स्थित दीपनगर टोलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने क्रममा उनीहरूको साथबाट ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र १५ ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको छ। यस घटनाले सुर्खेतमा लागुऔषध नियन्त्रणलाई लिएर प्रहरीको सक्रियता र कडा कदमलाई झल्काएको छ।


  • Jigyasa media

थप