Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

मुलुकभर १४ जनाको ज्यान लिने जापानिज इन्सेफ्लाइटिसको संक्रमण फैलिँदै

  •   २ वर्ष अघि | २९ भदौ २०८१, शनिबार

काठमाडौं: मुलुकभर जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो भाइरसको संक्रमणबाट मृत्यु हुने दर २२.९५ प्रतिशत रहेको छ।

देशभरबाट संकलित ६९५ शंकास्पद बिरामीका नमुनामध्ये ६१ जनामा इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। ती पुष्टि भएका बिरामीहरूमध्ये १४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिरहा, सुनसरी, र झापा जिल्लाका बिरामी रहेका छन्। हरेक वर्ष भदौ र असोज महिनामा यो भाइरसको संक्रमण तीव्र हुने गरेको पाइन्छ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको नियन्त्रणका लागि तयारी र प्रतिकार्यलाई तीव्र बनाउँदै गएको जनाएको छ। यसै क्रममा, परिवार कल्याण महाशाखाले प्रादेशिक स्वास्थ्य निर्देशनालयहरू, जिल्ला स्वास्थ्य कार्यालयहरू, र द्रुत प्रतिकार्य टोलीहरूसँग संयुक्त बैठक गरिसकेको छ।

मन्त्रालयले आवश्यक सावधानी अपनाउन र महामारीलाई रोक्न थप प्रयास गर्ने योजना पनि अघिसारेको छ।


  • Jigyasa media

थप