Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

पप गायक लियाम पेनेको दुःखद निधन, ३१ वर्षको उमेरमा मृत्यु

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाडौं । चर्चित पप ब्यान्ड 'वन डाइरेक्शन'का पूर्व सदस्य लियाम पेनेको ३१ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्ट अनुसार, अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित पालेर्मोको एक होटलमा भएको दुर्घटनामा उनले ज्यान गुमाएका हुन्। प्रहरीको भनाइ अनुसार, लियाम होटलको तेस्रो तलाबाट खसेका थिए। घटना हुँदा उनी होटलको पछाडिको बालकनीमा थिए र होटल व्यवस्थापकले ठूलो आवाज सुनिसकेपछि घटनास्थलमा पुगेका थिए।

प्रहरीले लागूऔषध र रक्सीको लतको शंका गर्दै घटनाको अनुसन्धान गरिरहेको छ। लियामको मृत्युपछि संगीत क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको महसुस गर्दै शोक प्रकट गरिरहेको छ।

लियाम २०१० मा युकेको रियालिटी शो 'द एक्स फ्याक्टर'मा सहभागी भएपछिको चर्चित ब्याण्ड 'वन डाइरेक्शन'का सदस्य थिए। ब्यान्ड २०१६ मा निष्क्रिय भए पनि, पाँच एल्बम निकालेको थियो। ब्यान्डको तेस्रो एल्बम Midnight Memories विश्वभरका लोकप्रिय एल्बममध्ये एक बनेको थियो।

यो दुखद घटना संगीत क्षेत्रका लागि ठूलो क्षति मानिएको छ।


  • Jigyasa media

थप