Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नुवाकोटकी अन्जु थोकर मिस तामाङ २०२५ घोषित

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

काठमाण्डौ ।मम्स इन्टरनेशनल नेपालद्वारा आयोजित मिस तामाङ प्रतियोगिताको १७औं संस्करण मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले जितेकी छिन्। यो उपाधिसँगै उनले ५० हजार नगद राशी तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।


प्रतियोगितामा सर्लाहीकी मोनालिसा थिङ तामाङ फस्ट रनर अप घोषित भइन् भने बुढानिलकण्ठकी प्रियंका तामाङ सेकेन्ड रनर अप बन्न सफल भइन्। दोलखाकी सुस्मिता तामाङ थर्ड रनर अप घोषित भएकी छन्। उनीहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

विशेष उपाधिहरू:

  • मिस फोटोजेनिक – अन्जु थोकर तामाङ
  • उत्कृष्ट मुस्कान – भूमिका स्याङ्बो तामाङ
  • मिस डिसिप्लिन – याङ्जु डोल्मा ग्याबा तामाङ
  • उत्कृष्ट पोशाक – सुजिना थेङ तामाङ
  • दर्शक छनोट – प्रियंका पाख्रिन तामाङ
  • मल्टिमिडिया अवार्ड – अन्जिला लोप्चन तामाङ
  • मिस आत्मविश्वासी – समीक्षा घलान तामाङ
  • मिस बेस्ट हेयर – अस्मिता डोङ तामाङ
  • मिस ट्यालेन्ट – सुस्मिता पाख्रिन तामाङ
  • मिस पर्सनालिटी – सिनोरा वाइबा तामाङ

नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादीमा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख उद्देश्य तामाङ समुदायको कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजक संस्था मम्स इन्टरनेशनलकी अध्यक्ष तथा नायिका रञ्जिता लामाले बताइन्।

प्रतियोगिताको निर्णायक मण्डलमा इक्यानका अध्यक्ष सेसराज भट्टराई, नेपाल आइडल सिजन ४ का निर्णायक सुवानी मोक्तान, मोडल कुन्साङ बोम्जन, तथा निर्देशक एवं मोडल राज किङ्ग वाइबा रहेका थिए। प्रतियोगिता सञ्चालन मिस तामाङ सफलता थिङ तामाङले गरेकी थिइन्।


  • Jigyasa media

थप