Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

दिनेश डिसी नियुक्त भए चलचित्र विकास बोर्डको अध्यक्षमा

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काठमाडौं, भदौ १३ । चलचित्र विकास बोर्डको नयाँ अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई यो पदको जिम्मेवारी सुम्पेको हो।  

डीसी चलचित्र क्षेत्रका एक अनुभवी फिल्म निर्देशक, अभिनेता, तथा संचारकर्मी हुन्। उनी सत्तारूढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत रहेका छन्। डीसीले टेलिभिजन र रेडियो कार्यक्रमको निर्माण र प्रस्तोताका रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।

सन् १९९७ मा रिलिज भएको ‘सुनचाँदी’ फिल्मबाट अभिनयमा डेब्यु गरेका डीसीले पछिल्लो पटक निर्देशन गरेको फिल्म ‘फूलफूलको मौसम तिमीलाई’ हो। उनी चलचित्र वृत्तमा निकै सक्रिय छन् र हरेक वर्ष फिल्म अवार्डको आयोजना गर्दै आइरहेका छन्।

बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि डीसीले आफ्नो प्राथमिकता चलचित्र बजारको विस्तार, बक्सअफिस प्रणालीलाई सुचारु गर्ने, र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने रहेको बताएका थिए। 

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त भएको थियो। अब, डीसीको नेतृत्वमा चलचित्र विकास बोर्डले नेपाली फिल्म उद्योगलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

  • Jigyasa media

थप