जिज्ञासा नेपाल, २०८२ जेठ ७ – काठमाडौं
राष्ट्र बैंकको गभर्नर नियुक्ति समाचारले आशावादी बनेका लगानीकर्तालाई दिनको अन्त्यमा निराश बनायो। बिहानको जोशलाई दिउँसोको निराशाले विस्थापित गर्यो।
गभर्नर नियुक्तिको चर्चाले अघिल्लो दिन ४९ अंकले उकालो लागेको सेयर बजारले बुधबार सुरुवातमै झन तीव्र उचाइ लियो। कारोबार खुलेको ३ मिनेटमै नेप्से ९४ अंकले उफ्रिँदै २७७१ अंकमा पुगेको थियो। सर्किट लेभल ४ प्रतिशतको नजिक जाँदा बजारमा बिक्रीको चाप ह्वात्तै बढ्यो र त्यो उत्साह टिक्न सकेन।
दिनभरजसो उतारचढावपछि अन्ततः बजार २६६९ अंकमा आएर थामियो। त्यो बिहानको उच्च अंकभन्दा १०२ अंकले कम हो।
अघिल्लो दिनको तुलनामा नेप्से सूचक ७.९४ अंकले घट्दा पनि कारोबार भने उल्लेखनीय रूपमा बढेर १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिनको कारोबार ७ अर्ब ३१ करोडमा सीमित थियो।
आज ९३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १५३ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
बजार सूचक यस्तो छ:
-
बढेका सूचकहरू:
- बैंकिङ: ०.२५%
- विकास बैंक: ०.१४%
-
घटेका सूचकहरू:
- फाइनान्स: ०.२०%
- होटल तथा पर्यटन: ०.१२%
- हाइड्रोपावर: १.०%
- लगानी: ०.१३%
- जीवन बीमा: ०.१५%
- उत्पादन: ०.६८%
- माइक्रोफाइनान्स: ०.५१%
- निर्जीवन बीमा: ०.०१%
- अन्य: ०.६३%
- व्यापार: ०.५१%
सबैभन्दा धेरै मूल्य बढेका कम्पनीहरू:
- ओम मेगाश्री फर्मास्युटिकल्स: १०%
- सिन्धु विकास बैंक: ५.११%
- सप्तकोशी विकास बैंक: ४.७४%
- सांग्रिला डेभलपमेन्ट बैंक: ४.२५%
- एनएलजी इन्स्योरेन्स: ४.१२%
मूल्य घटेका प्रमुख कम्पनीहरू:
- स्वेतगंगा हाइड्रोपावर: ८.३२%
- मातृभूमि लघुवित्त: ६.२%
- बोटलर्स नेपाल बालाजु: ५.८८%
आजको सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू:
- राधि विद्युत्
- माउन्टेन इनर्जी
- ङादी ग्रुप
- युनिभर्सल पावर
- हिमालयन रिइन्स्योरेन्स
गभर्नर नियुक्तिको उत्साहले सुरुवातमा बजार उचालिए पनि स्थायित्व गुम्दा लगानीकर्ताहरूले दिनको अन्त्यमा निराशाको सामना गरे। तथापि, बढ्दो कारोबारले बजारमा चासो र सहभागीता यथावत रहेको संकेत गरेको छ।
-
Jigyasanepal