Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

१५० भन्दा बढी सहकारीको सहभागीतामा आर.के.सि.एन.एल आईटेकद्वारा सहकारी सफ्टवेर तालिम

  •   ६ महिना अघि | १९ माघ २०८२, सोमवार

धनुषा–महोत्तरीमा तालिम  सम्पन्न

जनकपुरधाम, धनुषा – आर.के.सि.एन.एल आईटेक लिमिटेडको ओजना तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहकार्यमा माघ १७ गते शनिबार धनुषाको जनकपुरधाम र माघ १८ गते आइतबार महोत्तरीको सम्सीमा सहकारी सफ्टवेर सम्बन्धी एक दिने तालिम कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ।

कार्यक्रममा धनुषा र महोत्तरी जिल्लाका साथै आसपासका जिल्लाका करिब १५० भन्दा बढी सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा अधिकृतहरुको सहभागिता रहेको थियो।

तालिममा आर.के.सि.एन.एल आईटेक लिमिटेडका प्रबन्ध संचालक श्री मोहन प्रसाद तिमल्सीनाले सफ्टवेरको संरचना, प्रविधिक विशेषता र दैनिक सहकारी सञ्चालनमा यसको प्रयोग तथा उपयोगिताबारे प्रत्यक्ष प्रदर्शनसहित विस्तृत जानकारी प्रदान गर्नुभयो। उहाँले सहकारीहरूको लेखा व्यवस्थापन, सदस्य विवरण अद्यावधिक, बचत र ऋण व्यवस्थापन, प्रतिवेदन निर्माण तथा डिजिटल पारदर्शिता अभिवृद्धिमा उक्त प्रणाली कसरी प्रभावकारी हुने भन्ने विषयमा सहभागीहरूलाई प्रत्यक्ष अवगत गराउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका कार्यकारी अध्यक्ष तथा सहायक कम्पनीहरूका अध्यक्ष श्री विशाल हुमागाँईले कम्पनीको दीर्घकालीन दृष्टिकोण, डिजिटल कृषि र सहकारी विकास रणनीति र आगामी कार्ययोजनाबारे प्रकाश पार्नुभयो। साथै, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड अन्तर्गत सञ्चालन हुने सहायक कम्पनीहरू – आर.के.सि.एन.एल आईटेक लिमिटेड, आर.के.सि.एन.एल फुड बैंक लिमिटेड, मसरुम हेभन एग्रो टुरिजम एण्ड कल्टिभेसन लिमिटेड, अल्कापुरी इनभेष्टमेण्ट कम्पनी लिमिटेड – र कम्पनीको डिजिटल मार्केटप्लेस राष्ट्रिय कृषि बजार तथा एसोसिएट्सको उद्देश्य, कार्यक्षेत्र र सहकारी तथा कृषिसँगको सहकार्य सम्भावनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

मधेश प्रदेश प्रमुख श्री रविन्द्र कुमार पजीयारले मधेशका सहकारीहरूलाई आधुनिक सूचना प्रविधिसँग जोडेर दिगो र पारदर्शी सहकारी सञ्चालन बनाउने कम्पनीको लक्ष्य र प्राथमिकताबारे जानकारी दिनुभयो। उहाँले डिजिटल लेखा प्रणाली, सदस्य व्यवस्थापन, तथ्यांक आधारित निर्णय प्रक्रिया र नियामक निकायका निर्देशन अनुसारको प्रतिवेदन तयारीमा सफ्टवेर सहकारीहरूका लागि प्रभावकारी साधन बन्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागी सहकारी प्रतिनिधिहरूले कार्यक्रम व्यावहारिक, उपयोगी र समय सापेक्ष भएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले आगामी दिनहरूमा पनि यस्ता प्रविधिमैत्री तालिम र सहकारी क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरेका छन्।

कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड, जनकपुर शाखाका कर्मचारीहरू – श्री पवन कुमार सिंह, श्री अजय कुमार सिंह, जितेन्द्र यादव, शम्भु महतो, शत्रुधन कुमार साह, प्रमोद कुमार ठाकुर र राकेश कुमार साहको उपस्थित रहेको थियो।

  • Jigyasanepal

थप