Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घट्यो

  •   ७ महिना अघि | २४ पुस २०८२, बिहिबार

काठमाडौं, पुस २४ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्दै २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, डलरको विनिमय दर र लगानीकर्ताको माग घटबढसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

  • Jigyasanepal

थप