Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

रातारात आकाशिएको सुनको भाउमा आज गिरावट, एक सातामै १६ हजार बढेको मूल्य घट्न थाल्यो

  •   २ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं । एक सातामा तोलामा १६ हजार रुपैयाँसम्म उक्लिएको सुनको भाउ आज भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेर नयाँ मूल्य निर्धारण गरिएको हो।

हिजो (बिहीबार) मात्रै सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले ह्वात्तै बढेर १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सर्वाधिक हो। त्यसअघि बुधबार पनि २७ सय रुपैयाँले मूल्य वृद्धि भएको थियो। पछिल्ला तीन दिनमा मात्र सुनको भाउमा १० हजार ६ सय रुपैयाँको उछाल आएको थियो।

तर, आजको कारोबारमा सुन केही सस्तै हुँदा उपभोक्ताले केही राहत महसुस गर्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहँदै १ हजार ९ सय ६० रुपैयाँमै कायम रहेको महासंघले जानकारी दिएको छ।

अघिल्लो वर्षको मंसिर महिनामा सरकारको भन्सार दर घटाउने निर्णयपछि दुई दिनमै सुनको मूल्य १८ हजार ५ सय रुपैयाँले घटेको थियो। त्यसयता सुनको मूल्य पुनः चुलिँदै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिका–चीन व्यापार तनाव बढ्दै जाँदा सुनको माग बढेको र त्यसको असर नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ। मूल्य उतारचढाव भइरहने भएकाले लगानी र खरिद गर्दा सर्तकता अपनाउन व्यवसायीले सुझाएका छन्।

  • S

थप