Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेप्से परिसूचकमा ऐतिहासिक उछाल, १११ अंकले वृद्धि

  •   १२ महिना अघि | ५ असोज २०८२, आइतवार

काठमाडौं । नेप्से परिसूचक आज ऐतिहासिक उछालसहित उच्च अंकले बढेको छ। आइतबार दिनभरको कारोबारमा परिसूचक १११.७० अंकले बढेर २६२३ अंकमा स्थिर भएको हो।

आज ३२९ वटा स्क्रिप्सको कुल २ करोड ३२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। सो कारोबारको कुल मूल्य ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

सबै समूहमा हरियो, निर्जीवन बीमा मात्र रातो

निर्जीवन बीमा बाहेकका सबै समूह हरियामै देखिएका छन्।

व्यापार समूह सबैभन्दा धेरै ८.६६% ले उक्लियो।

बैंकिङ ४.५२%, विकास बैंक ६.०७%, फाइनान्स ५.५४%, होटल तथा पर्यटन २.३३%,

हाइड्रोपावर ५.८३%, लगानी ७.६८%, जीवन बीमा ५.६६%,

उत्पादन तथा प्रशोधन ४.८५%, माइक्रोफाइनान्स ३.६९% र अन्य समूह १.५३% बढेका छन्।

त्यसैगरी, निर्जीवन बीमा समूह भने ४.०२% ले घटेको छ।

१०% ले चुलिएका कम्पनी

आज ९ वटा कम्पनीको मूल्य १०% ले बढेको छ। ती कम्पनीहरूमा—

शिवम् सिमेन्ट

जोशी हाइड्रोपावर

सिन्धु विकास बैंक

भूगोल इनर्जी

गुडविल फाइनान्स

अपी पावर

आँखुखोला जलविद्युत्

बलेफी हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावर

कारोबार रकमका हिसाबले अगाडि

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः शीर्ष स्थानमा रहेका छन्।

आन्दोलनपछिको बजार पुनः स्थिर

‘जेनजी’ आन्दोलनका कारण एक साताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले घटेको थियो। तर, आजको कारोबारले बजारमा पुनः स्थिरता र लगानीकर्तामा विश्वास बढाएको देखिन्छ।

  • Jigyasanepal

थप