Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

नेप्से परिसूचकमा ऐतिहासिक उछाल, १११ अंकले वृद्धि

  •   १ वर्ष अघि | ५ असोज २०८२, आइतवार

काठमाडौं । नेप्से परिसूचक आज ऐतिहासिक उछालसहित उच्च अंकले बढेको छ। आइतबार दिनभरको कारोबारमा परिसूचक १११.७० अंकले बढेर २६२३ अंकमा स्थिर भएको हो।

आज ३२९ वटा स्क्रिप्सको कुल २ करोड ३२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। सो कारोबारको कुल मूल्य ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

सबै समूहमा हरियो, निर्जीवन बीमा मात्र रातो

निर्जीवन बीमा बाहेकका सबै समूह हरियामै देखिएका छन्।

व्यापार समूह सबैभन्दा धेरै ८.६६% ले उक्लियो।

बैंकिङ ४.५२%, विकास बैंक ६.०७%, फाइनान्स ५.५४%, होटल तथा पर्यटन २.३३%,

हाइड्रोपावर ५.८३%, लगानी ७.६८%, जीवन बीमा ५.६६%,

उत्पादन तथा प्रशोधन ४.८५%, माइक्रोफाइनान्स ३.६९% र अन्य समूह १.५३% बढेका छन्।

त्यसैगरी, निर्जीवन बीमा समूह भने ४.०२% ले घटेको छ।

१०% ले चुलिएका कम्पनी

आज ९ वटा कम्पनीको मूल्य १०% ले बढेको छ। ती कम्पनीहरूमा—

शिवम् सिमेन्ट

जोशी हाइड्रोपावर

सिन्धु विकास बैंक

भूगोल इनर्जी

गुडविल फाइनान्स

अपी पावर

आँखुखोला जलविद्युत्

बलेफी हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावर

कारोबार रकमका हिसाबले अगाडि

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः शीर्ष स्थानमा रहेका छन्।

आन्दोलनपछिको बजार पुनः स्थिर

‘जेनजी’ आन्दोलनका कारण एक साताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले घटेको थियो। तर, आजको कारोबारले बजारमा पुनः स्थिरता र लगानीकर्तामा विश्वास बढाएको देखिन्छ।

  • Jigyasanepal

थप