असार ८, २०८२ | आइतबार जिग्यासा नेपाल | काठमाडौँसाताको पहिलो दिन नै सेयर बजारमा बलियो झट्का लागेको छ। आइतबार भएको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको हो।
बजारमा हरियाली देख्ने लगानीकर्ताको आशा दिनकै सुरुवातमै चकनाचुर भएको छ। लगभग ९ अर्ब १४ करोड रुपैयाँको कारोबार भए पनि अधिकांश कम्पनीका सेयरहरू राताम्य देखिए।
📊 बजारको संख्यात्मक तस्वीर:
🔻 नेप्से घट्यो: ३२.९३ अंक
📉 समग्र कारोबार: ९ अर्ब १४ करोड
📦 सेयर कारोबार: २ करोड १५ लाख कित्ता
🔴 मूल्य घटेका कम्पनी: २२५
🟢 मूल्य बढेका कम्पनी: २५
💹 कमाउनेले कमाए, गुमाउनेले गुमाए!
आज सबैभन्दा धेरै मुनाफा कमाउने कम्पनी —
🟢 जोशी हाइड्रोपावर: +३१.६२ रुपैयाँ
🟢 सप्तकोशी डेभलपमेन्ट: +५०.३३ रुपैयाँ
🟢 एनआईसी एसिया डिबेन्चर: +६० रुपैयाँ
🟢 गुराँस लघुवित्त: +७८.२९ रुपैयाँ
🟢 सिभिल डिबेन्चर: +३३ रुपैयाँ
तर भारी घाटा बेहोरेका लगानीकर्ताहरू —
🔻 पियोर इनर्जी: –१०८.६२ रुपैयाँ
🔻 युनियन हाइड्रोपावर: –२७.२९ रुपैयाँ
🔻 रसुवागढी हाइड्रो: –२२.०७ रुपैयाँ
🔻 हिमालयन ऊर्जा विकास: –१४.४८ रुपैयाँ
🔻 मध्यभोटेकोशी जलविद्युत्: –१८.१८ रुपैयाँ
💰 कुन कम्पनीको सर्वाधिक कारोबार?
सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरूको सूचीमा जलविद्युत् क्षेत्रकै वर्चस्व देखिएको छ:
🥇 दोर्दी खोला जलविद्युत्: ७५ करोड
🥈 बुटवल पावर: ७४ करोड
🥉 राधी विद्युत: ४९ करोड
🔸 सानिमा माई हाइड्रो: ४६ करोड
🔹 ङादी ग्रुप पावर: ४१ करोड
साताको पहिलो दिनको बजार घटबढले फेरि पनि लगानीकर्तालाई सतर्क रहन सन्देश दिएको छ। बजारमा सकारात्मक संकेत आउन बाँकी रहेकाले विज्ञहरू आगामी दिनको कारोबारमा सन्तुलित लगानी गर्न सुझाव दिइरहेका छन्।
लगानी जोखिमसहित गर्नुहोस्। बजारको गति बुझेर मात्र कदम चाल्नुहोस्।
-
Jigyasanepal