Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

१३ अर्ब नाघ्यो सेयर कारोबार, नेप्सेमा झिनो तर सकारात्मक वृद्धि

  •   १ वर्ष अघि | २ असार २०८२, सोमवार

काठमाडौं, असार २ । साताको दोस्रो दिन सोमबार सेयर बजार हरियाली देखिएको छ। थोरै अंकले भए पनि नेप्से परिसूचक २.८० अंकले उकालो लाग्दै २६५८.६६ विन्दुमा पुगेको छ। यो वृद्धि ०.१० प्रतिशतको हो, तर योसँगै बजारमा भएको कारोबार भने निकै ठूलो रहेको छ।

एकैदिन १३ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल कारोबार संख्यामा ३ करोड ३६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएका छन्, जसले लगानीकर्ताको सक्रियता बलियो रहेको संकेत दिन्छ।

यी सेयरहरूमा ठूलाे कमाइ, प्योर इनर्जीमा ‘सर्किट हिट’

प्योर इनर्जीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ। यसले लगानीकर्तालाई प्रति कित्ता ९० रुपैयाँ ७० पैसा बराबरको आम्दानी दिलाएको छ। त्यसैगरी, पिपुल्स पावर लिमिटेड ९.९९%, कर्पोरेट डेभलपमेन्ट बैंक ८.३७%, सोल्टी होटल ६.३०% र सनराइज फर्स्ट म्युचुअल फन्ड ६.०७% ले उकालो लागेका छन्।

घटेका सेयर पनि कम छैनन्

दोस्रो पट्टि भने केही कम्पनीहरूले घाटा बेहोरेका छन्। अपर हेवाखोला हाइड्रो ७.५८%, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.३३%, सिनर्जी पावर डेभलपमेन्ट ४.८४%, उन्नति सहकार्य लघुवित्त ४.३५% र माउन्टेन इनर्जी नेपाल ४.०४% ले मूल्य गुमाएका छन्।

सानिमा माई र ङादी ग्रुपको बोलबाला

सबैभन्दा धेरै कारोबार भएका कम्पनीतर्फ हेर्दा सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अग्रपंक्तिमा छन्। सानिमाको ९५ करोड र ङादीको ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, बुटवल पावर कम्पनी ५८ करोड, सिंगटी हाइड्रो इनर्जी ५७ करोड र राधी विद्युत ५४ करोड रुपैयाँ बराबरको कारोबारले बजारमा उल्लेख्य उपस्थिति जनाएका छन्।

  • Jigyasanepal

थप