Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना

  •   ५ महिना अघि | १२ जेष्ठ २०८३, मङ्लबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली भई विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार बिहानसम्म पनि उपत्यकाका केही क्षेत्रमा पानी परिरहेकाले मौसम चिसो र आकाश धुम्मिएको देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहान ७ बजेसम्म काठमाडौँका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। अहिलेको वर्षा केही समयपछि रोकिने सम्भावना रहे पनि दिउँसोपछि पुनः बादल बढ्दै जाने र अपराह्न वा साँझपख फेरि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम–बादल र बादल–घामको मिश्रित अवस्थामा रहने सम्भावना छ। बिहानको मौसम खुलेजस्तो देखिए पनि दिउँसोपछि पुनः बदली बढ्ने भएकाले बाहिर निस्कँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

पछिल्ला केही दिनदेखि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यसकै प्रभावले काठमाडौँ उपत्यकामा पनि मौसम परिवर्तन भइरहेकाे मौसमविद्को भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे देशभरको विस्तृत मौसम बुलेटिन सार्वजनिक गर्ने जनाएको छ। मौसमविद्हरूले विशेषगरी अपराह्नपछि हुने सम्भावित वर्षा र चट्याङबाट सावधानी अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप