Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

चार दिनमै ९ हजारले उक्लिएको सुनको मूल्य आज दुई हजार घट्यो, चाँदी भने बढ्दै

  •   १० महिना अघि | २६ कार्तिक २०८२, बुधबार

काठमाडौँ । लगातार चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजार १०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ४४ हजार ३०० रुपैयाँ मा झरेको हो।

गएको बिहीबारदेखि लगातार बढ्दै आएको सुनको मूल्य आइतबार र सोमबार क्रमशः चारसय, छसय र चार हजार नौसय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको थियो। सोमबार तोलामा दुई लाख ४६ हजार चारसय रुपैयाँ पुगेको सुन आज पुनः घटेर तल झरेको हो।

महासंघका अनुसार सुनको मूल्य चार दिनमा झण्डै ९ हजार रुपैयाँले उक्लिएर हाल पुनः स्थिरतर्फ उन्मुख भएको देखिएको छ।

यता, चाँदीको मूल्य भने आज पनि वृद्धि भएको छ। तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको मूल्य ३ हजार १७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य हालसम्मकै उच्च स्तर हो। त्यसपछि उतारचढाव हुँदै आएको सुनको बजारमा अहिले पुनः स्थिरताको संकेत देखिएको व्यवसायीहरूको मूल्याङ्कन छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको दर, तेल मूल्य र मध्यपूर्व तनावको प्रभावले सुनचाँदी बजारमा अस्थिरता देखिएको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार, वर्षान्त नजिकिँदै गर्दा चाँदीमा सापेक्ष स्थिर वृद्धि र सुनमा उतारचढाव देखिनु सोही प्रभावको परिणाम हो।

  • Jigyasanepal

थप