Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

चार दिनमै ९ हजारले उक्लिएको सुनको मूल्य आज दुई हजार घट्यो, चाँदी भने बढ्दै

  •   १२ महिना अघि | २६ कार्तिक २०८२, बुधबार

काठमाडौँ । लगातार चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजार १०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ४४ हजार ३०० रुपैयाँ मा झरेको हो।

गएको बिहीबारदेखि लगातार बढ्दै आएको सुनको मूल्य आइतबार र सोमबार क्रमशः चारसय, छसय र चार हजार नौसय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको थियो। सोमबार तोलामा दुई लाख ४६ हजार चारसय रुपैयाँ पुगेको सुन आज पुनः घटेर तल झरेको हो।

महासंघका अनुसार सुनको मूल्य चार दिनमा झण्डै ९ हजार रुपैयाँले उक्लिएर हाल पुनः स्थिरतर्फ उन्मुख भएको देखिएको छ।

यता, चाँदीको मूल्य भने आज पनि वृद्धि भएको छ। तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको मूल्य ३ हजार १७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य हालसम्मकै उच्च स्तर हो। त्यसपछि उतारचढाव हुँदै आएको सुनको बजारमा अहिले पुनः स्थिरताको संकेत देखिएको व्यवसायीहरूको मूल्याङ्कन छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको दर, तेल मूल्य र मध्यपूर्व तनावको प्रभावले सुनचाँदी बजारमा अस्थिरता देखिएको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार, वर्षान्त नजिकिँदै गर्दा चाँदीमा सापेक्ष स्थिर वृद्धि र सुनमा उतारचढाव देखिनु सोही प्रभावको परिणाम हो।

  • Jigyasanepal

थप