Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सेयर बजारमा बलियो उछाल, नेप्से १८.३७ अंकले बढ्यो तीन अर्ब २९ करोडको कारोबार

  •   ९ महिना अघि | १ पुस २०८२, मङ्लबार

काठमाडौं

साताको तेस्रो कारोबार दिन सेयर बजारले उल्लेखनीय सुधार देखाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९.९९ विन्दुमा पुगेर बन्द भएको छ। बजार ०.७० प्रतिशतले बढेको हो।

हरियाली छाएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। कुल कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही कमी देखिएको छ। आज तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ७८ लाख ४ हजार ४५ कित्ता सेयर कारोबार भएको छ। अघिल्लो दिन बजारमा तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

कारोबारका आधारमा स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल, बाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहे, जसले लगानीकर्ताको आकर्षण ती कम्पनीतर्फ केन्द्रित भएको संकेत गर्छ।

लगातार सुधार देखिएको बजारले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बढाएको छ भने आगामी कारोबार दिनहरूमा बजारको गति कता जाने भन्नेमा चासो बढ्दै गएको छ।

  • Jigyasanepal

थप