Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सेयर बजारमा बलियो उछाल, नेप्से १८.३७ अंकले बढ्यो तीन अर्ब २९ करोडको कारोबार

  •   ११ महिना अघि | १ पुस २०८२, मङ्लबार

काठमाडौं।

साताको तेस्रो कारोबार दिन सेयर बजारले उल्लेखनीय सुधार देखाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९.९९ विन्दुमा पुगेर बन्द भएको छ। बजार ०.७० प्रतिशतले बढेको हो।

हरियाली छाएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। कुल कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही कमी देखिएको छ। आज तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ७८ लाख ४ हजार ४५ कित्ता सेयर कारोबार भएको छ। अघिल्लो दिन बजारमा तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

कारोबारका आधारमा स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल, बाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहे, जसले लगानीकर्ताको आकर्षण ती कम्पनीतर्फ केन्द्रित भएको संकेत गर्छ।

लगातार सुधार देखिएको बजारले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बढाएको छ भने आगामी कारोबार दिनहरूमा बजारको गति कता जाने भन्नेमा चासो बढ्दै गएको छ।

  • Jigyasanepal

थप