Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

लक्ष्मी महिला साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न

  •   १० महिना अघि | २५ असोज २०८२, शनिबार

काभ्रे  । महिलाको आर्थिक सशक्तीकरण र सहकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख आतिथ्य संस्थाकी जेष्ठ सदस्य कान्छी राई तथा अध्यक्षता अध्यक्ष हिमाली श्रेष्ठले गर्नुभएको थियो।

सदस्य वृद्धि र सहकारीको स्थायित्वमा नयाँ आशा

सहकारी क्षेत्रमा पछिल्लो समय सदस्य घट्ने क्रम देखिँदै आएको बेला, लक्ष्मी महिला साकोसमा भने सदस्य निरन्तर वृद्धि हुँदै गएको छ।

गत आर्थिक वर्षमा ४,३७८ सदस्य रहेको सहकारीमा हाल ४,७९६ सदस्य पुगेका छन्।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीका अनुसार, सदस्य वृद्धि सँगसँगै सहकारीले सहकारी शिक्षादेखि व्यवसायिक तालिमसम्मका विविध कार्यक्रम सञ्चालन गर्दै सदस्यलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउँदै आएको छ।

सम्मान र प्रोत्साहन कार्यक्रम

सभाको अवसरमा सहकारीले ६५ वर्ष पूरा गरेका २५ जना जेष्ठ सदस्यहरूलाई दोसल्ला, सम्मानपत्र र पोषण सामग्रीसहित सम्मान गर्‍यो।

त्यस्तै, एसईई उर्तिण ३९ जना बाल बचत सदस्यहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

उत्कृष्ट शेयर सदस्य सज्जा श्रेष्ठ, ऋणी इन्दु राई, नियमित बचतकर्ता सायरा प्रधान, र बाल बचतकर्ता सायीका गौतमलाई समेत नगदसहित सम्मान गरियो।

त्यस्तै, सहकारीका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी मेनेजर्स क्लबमा कोषाध्यक्ष निर्वाचित भएकामा बधाईसहित सम्मानित भए।

नयाँ कार्ययोजनासहित अघि बढ्दै सहकारी

साधारण सभाले आगामी आर्थिक वर्षका लागि ४२ वटा कार्यक्रम पारित गरेको छ।

कार्ययोजनामा कृषि तथा पशुपालन तालिम, व्यवसायिक योजना निर्माण, अन्तर्राष्ट्रिय स्तरको गोष्ठी र तालिम, र महिला सदस्यका लागि सचेतनामूलक अभियान जस्ता नयाँ पहल समावेश छन्।

त्यस्तै, पेशा र उमेरका आधारमा सदस्य समूह वर्गीकरण गरी शिक्षा तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको अध्यक्ष हिमाली श्रेष्ठले बताइन्।

आर्थिक स्थिति सुदृढ

आर्थिक वर्षको अन्त्यसम्म संस्थाको शेयर पुँजी ३ करोड १४ लाख ८४ हजार २ सय,

बचत २६ करोड ८६ लाख ५४ हजार ४ सय १७,

र ऋण लगानी २० करोड ९६ लाख १६ हजार ५ सय ४६ रुपैंया पुगेको छ।

संस्थाको स्थिर पुँजी ४४ लाख ९२ हजार ९ सय ४ र कुल आम्दानी ३ लाख ७९ हजार ६ सय ९५ रुपैंया रहेको छ।

सहयोग र राहत कार्यक्रम

संस्थाले ५४ जना सदस्यलाई प्रसूति राहत, १४ जना सदस्यलाई मृत्यु राहत,

र ८ जना बिरामी सदस्यलाई पाँच–पाँच हजार रुपैंया सहयोग गरेको छ।

त्यस्तै, १४ जना नवविवाहित सदस्यलाई भेटघाट कार्यक्रममार्फत ७२५ रुपैंया प्रदान गरिएको थियो।

सहकारीको पहुँच र प्रभाव

संस्थाको केन्द्रिय कार्यालय पनौती–५, चौकोटमा रहेको छ भने

सेवा केन्द्र बनेपा–७, गोदामचोक र धुलिखेल–६, हस्पिटलचोकमा सञ्चालनमा छन्।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तिर्थमाया प्रधान, उपाध्यक्ष कविता कार्की, सचिव सकुन्तला श्रेष्ठ, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी,

लेखा सुपरिवेक्षण संयोजक सोविता थापा मगर, तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सहकारीको योगदानको प्रशंसा गरे।

महिलाको हातमा सशक्त अर्थतन्त्रको भविष्य

२७ वर्षको सफल यात्रापछि लक्ष्मी महिला साकोस अब अझ गहिरो सामाजिक र आर्थिक प्रभाव छोड्दै अगाडि बढेको छ।

सहकारीका पदाधिकारीहरूको भनाइमा— “महिलाको हातमा सशक्त अर्थतन्त्रको जिम्मेवारी दिएर समाज रूपान्तरण सम्भव छ।”


  • Jigyasanepal

थप