Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सुन र चाँदी दुवै सस्ता भए! बजारमा सुन तोलामा १,१०० र चाँदी २५ रुपैयाँले घट्यो

  •   १० महिना अघि | १९ कार्तिक २०८२, बुधबार

काठमाडौं । कात्तिक १९ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ। लगातार उकालो यात्रापछि पछिल्ला केही दिनयता सुनचाँदी बजारमा घट्दो मूल्यले लगानीकर्तालाई निराश बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा १,१०० रुपैयाँले सस्तो हो। मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार झरेको हो।

सुनको मूल्य पछिल्ला केही दिनयता निरन्तर घटिरहेको र यसले बजारमा खरिद–बिक्रीको गति सुस्त बनाएको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। विश्व बजारमा स्थिरता नआएकाले नेपाली बजारमा पनि यसको सीधा असर परेको उनीहरूको भनाइ छ।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला २५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने यो मूल्य ३ हजार १५ रुपैयाँ थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएपछि सुनको मूल्यमा दबाब परेको छ। यसले गर्दा नेपाली बजारमा पनि सुनचाँदीको दर घट्दै गएको बताइन्छ।

विश्लेषकहरूका अनुसार, यदि अन्तर्राष्ट्रिय बजारमा तेल, मुद्रास्फीति र geopolitical तनावहरू स्थिर नहुने हो भने, सुनको मूल्यमा अझै उतारचढाव जारी रहने अनुमान गरिएको छ।

  • Jigyasanepal

थप