Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन साढे ९ हजार ५०० रुपैयाँले घट्यो

  •   ७ महिना अघि | २२ माघ २०८२, बिहिबार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबार (माघ २२) सुनको मूल्य एकै दिन प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य घटेर प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो।

यसअघिल्लो दिन अर्थात् बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ हजार ४०० रुपैयाँले बढ्दै प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तर त्यसको भोलिपल्ट नै सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

अस्ति बुधबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ६०० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ।

  • Jigyasanepal

थप