Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन साढे ९ हजार ५०० रुपैयाँले घट्यो

  •   ९ महिना अघि | २२ माघ २०८२, बिहिबार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबार (माघ २२) सुनको मूल्य एकै दिन प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य घटेर प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो।

यसअघिल्लो दिन अर्थात् बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ हजार ४०० रुपैयाँले बढ्दै प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तर त्यसको भोलिपल्ट नै सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

अस्ति बुधबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ६०० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ।

  • Jigyasanepal

थप