Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन–चाँदीको मूल्य नेपाली बजारमा सुन प्रतितोला २ लाख ७८ हजार, चाँदी ५ हजार ६५५ रुपैयाँ

  •   ८ महिना अघि | ३० पुस २०८२, बुधबार

काठमाडौं

नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउने क्रम जारी रहेको छ। पुस ३० गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यले अघिल्ला सबै रेकर्ड तोड्दै नयाँ उच्च विन्दुमा पुगेको छ।

🔶 सुनको मूल्य ऐतिहासिक उचाइमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। पछिल्लो तीन दिनदेखि निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य उकालो लागिरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार कायम भएको सो मूल्यलाई ब्रेक गर्दै बुधबार सुनले फेरि नयाँ कीर्तिमान कायम गरेको हो।

🔶 चाँदीको मूल्यमा पनि तीव्र वृद्धि

सुनसँगै चाँदीको मूल्यले पनि बजारमा नयाँ रेकर्ड बनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ।

मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। त्यस रेकर्डलाई तोड्दै बुधबार चाँदीको मूल्यले पनि नयाँ उच्च स्तर छोएको हो।

🔶 लगातार बढ्दो मूल्यले बजार तरंगित

सुन–चाँदी दुवैको मूल्यमा दैनिकजसो भइरहेको वृद्धिले आभूषण व्यवसायी, लगानीकर्ता तथा सर्वसाधारणलाई प्रभावित बनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको आकर्षण र माग–आपूर्तिको असन्तुलनका कारण मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

🔶 लगानीकर्ताको चासो, उपभोक्तामा चिन्ता

मूल्य वृद्धिले सुनलाई सुरक्षित लगानीको रूपमा हेर्ने लगानीकर्तालाई उत्साहित बनाए पनि विवाह, चाडपर्व तथा दैनिक उपभोगका लागि गहना खरिद गर्ने उपभोक्तालाई भने थप आर्थिक बोझ परेको देखिन्छ।

  • Jigyasanepal

थप