Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

आज पुनः घट्यो सुन–चाँदीको मूल्य तोलामा पाँचसय रुपैयाँले घट्यो सुन, चाँदीमा ३५ रुपैयाँको गिरावट

  •   १ वर्ष अघि | १६ साउन २०८२, शुक्रबार

काठमाडौँ, साउन १६ — नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य पुनः घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. १,९३,१०० मा कारोबार भइरहेको छ। हिजोको तुलनामा सुनको मूल्य रु. ५०० ले घटेको हो।

गएको वैशाख ९ गते सुनको मूल्य प्रतितोला रु. १,९७,९०० पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्यमा क्रमिक गिरावट देखिएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला रु. ३५ ले घटेर रु. २,२३५ मा कायम भएको महासंघले जनाएको छ।

लगातार घटिरहेको बहुमूल्य धातुको मूल्यले बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्ताहरूका लागि केही राहतको संकेत दिएको छ भने लगानीकर्तालाई भने सतर्क बनाएको छ।

  • Jigyasanepal

थप