Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

शिर मेमोरियल अस्पतालमा सुत्केरी आमाको मृत्युपछि विवाद

आफन्त र अस्पताल पक्षबीच बार्ता जारी

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

काभ्रेपलाञ्चोक, बनेपा (जिज्ञासा नेपाल) — मिति २०८१ श्रावण ९ गते, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३, नालामा बस्ने बिकाश सुन्दाशकी श्रीमती, ३२ वर्षीया इश्वरी सुन्दाश डेलिभरीका लागि शिर मेमोरियल अस्पताल, बनेपा, नगरपालिका-५ मा भर्ना भएकी थिइन्। श्रावण ११ गते दिउँसो अन्दाजी १२:२५ बजे, इश्वरीले सामान्य डेलिभरीमार्फत छोराको जन्म दिइन्।


जन्मपछि इश्वरीको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई रगत जस्तो तरल पदार्थ बग्न नरोकेपछि अस्पतालले पाठेघरको शल्यक्रिया गरेर आई.सी.यु.मा राखेको थियो। तर, इश्वरीको स्वास्थ्य अवस्थामा सुधार नआउँदा साँझ २३:१५ बजे उनका ३०-४० जना आफन्तहरू अस्पतालमा जम्मा भई डाक्टरको लापरबाहीको आरोप लगाउँदै हुलहुज्जत गरे। यो क्रममा आई.सी.यु.मा जाने ढोकाको सिसा फुटेको थियो।


घटनाको जानकारी प्राप्त हुनासाथ, अस्पतालमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो र आक्रोशित आफन्तहरुलाई सम्झाउने प्रयास गर्यो। साँझ २३:५५ बजे डाक्टरले इश्वरी सुन्दाशलाई मृत घोषणा गरेपछि, अस्पताल प्रशासन र पीडितका आफन्तहरु छलफलमा बसेका थिए। थप छलफलका लागि मिति २०८१ श्रावण १२ गते बिहान पुन: वार्तामा बस्ने निर्णय गर्दै ०३:०० बजे जम्मा भएका मानिसहरू तितरबितर भएका थिए। 


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता जारी छ।  पछिल्लो समय अस्पतालमा सुत्केरी आमाको र शिशुको मृत्यु धुलिखेल अस्पतालमा समेत भएको थियो । 

(तपाईंको सुझाव, प्रश्न र प्रतिक्रिया हामीलाई पठाउन नबिर्सनुहोस्।)

  • Mr. Admin

थप