Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

बर्दगोरियामा निःशुल्क शववाहन सेवा, विपन्नका लागि काजकिरिया खर्चको व्यवस्था

  •   १ वर्ष अघि | २६ माघ २०८१, शनिबार

कैलाली, माघ २६ – कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले मृतकको अन्त्येष्टिमा आर्थिक सहयोग समेत उपलब्ध गराउने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरका अनुसार, यो सेवा सुरु भएसँगै पार्थिव शरीरलाई अन्त्येष्टिका लागि लैजान सवारी साधन खोज्नुपर्ने समस्या हट्नेछ। विपन्न नागरिकलाई राहत दिने उद्देश्यले शववाहन निःशुल्क सञ्चालन गरिएको उनले जानकारी दिए।

अन्त्येष्टि खर्चमा पनि सहयोग

गाउँपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरूप प्रति परिवार १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। कुँवरका अनुसार, अतिविपन्न परिवारले अन्त्येष्टि गर्न आर्थिक अभाव भोग्न नपरोस् भन्ने हेतुले यो सहयोग सुरु गरिएको हो।

"परिवारको सदस्य गुमाउनुको पीडा एकातिर छ, त्यसमाथि आर्थिक अभावले झन् समस्या थपिन्छ," कुँवरले भने, "यो राहत कार्यक्रमले शोकमा परेका परिवारलाई केही सहयोग पुर्‍याउनेछ।"

शुक्रबार गाउँपालिकाले पहिलो चरणमा वडा नं. २ का कालु लुहार र वडा नं. १ का सुवास नेपालीलाई १०-१० हजार रुपैयाँ सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष कुँवरले लुहारलाई तथा वडा अध्यक्ष मिथुन गौतमले नेपालीलाई घरमै पुगेर रकम हस्तान्तरण गरे।

छिट्टै शव चिस्यान सेवा पनि

गाउँपालिकाले देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत शव चिस्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ। कुँवरका अनुसार, यस क्षेत्रका धेरै युवा रोजगारीका लागि विदेश जाने भएकाले परिवारका सदस्य गुमाउँदा आफन्त आउन ढिला हुन सक्छ। यस्तो अवस्थामा शवलाई सुरक्षित राख्न चिस्यान सेवा उपयोगी हुनेछ।

गाउँपालिकाको यो कदमले समाजमा मानवीय सहयोगको भावना प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

  • Jigyasa media

थप