Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

लखनउलाई ६ विकेटले हराउँदै हैदरावादले दियो सशक्त प्रदर्शन

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

जिज्ञाशा नेपाल, खेल डेस्क | जेठ ६, २०८२

आईपीएलको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले लखनउलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पार्‍यो।

पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले १८.२ ओभरमै ४ विकेट गुमाएर २०६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो।

यद्यपि, दुवै टोलीको लागि यो जित वा हारले प्लेअफ समीकरणमा असर पार्न सकेन। सनराइजर्स र सुपर जायन्ट्स दुबै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन्। हालसम्म गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरुपञ्जाब किङ्सले प्लेअफको यात्रा तय गरिसकेका छन् भने चौथो स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा देखिएको छ।

आईपीएलप्रेमीका लागि आज राति पनि अर्को रोमाञ्चक खेल तय भएको छ। चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको भिडन्त आज राति पौने ८ बजे हुनेछ।

  • Jigyasanepal

थप