Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

लखनउलाई ६ विकेटले हराउँदै हैदरावादले दियो सशक्त प्रदर्शन

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

जिज्ञाशा नेपाल, खेल डेस्क | जेठ ६, २०८२

आईपीएलको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले लखनउलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पार्‍यो।

पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले १८.२ ओभरमै ४ विकेट गुमाएर २०६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो।

यद्यपि, दुवै टोलीको लागि यो जित वा हारले प्लेअफ समीकरणमा असर पार्न सकेन। सनराइजर्स र सुपर जायन्ट्स दुबै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन्। हालसम्म गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किङ्सले प्लेअफको यात्रा तय गरिसकेका छन् भने चौथो स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा देखिएको छ।

आईपीएलप्रेमीका लागि आज राति पनि अर्को रोमाञ्चक खेल तय भएको छ। चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको भिडन्त आज राति पौने ८ बजे हुनेछ।

  • Jigyasanepal

थप