Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

काभा यू-२० भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तानको भिडन्त आज

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा आज नेपाल र उज्वेकिस्तान आमने-सामने हुँदैछन्। श्रीलंकाको कोलम्बोमा आयोजना हुने यो निर्णायक खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

नेपालले फाइनलमा प्रवेश गर्न तुर्कमिनिस्तानलाई लिग चरणको अन्तिम खेलमा ३–० को सोझो सेटमा हराएको थियो। यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई पनि समान ३–० को सेटमा पराजित गरेको थियो। यद्यपि, उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार बेहोरेको थियो।

उज्वेकिस्तान भने समूह चरणको सबै खेलमा अपराजित रहँदै शीर्ष स्थानमा फाइनल पुगेको छ। नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।

यो च्याम्पियनसिपमा आयोजक श्रीलङ्कासहित नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, माल्दिभ्स, र कीर्गिस्तान सहभागी छन्।


  • Jigyasa media

थप