Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

काभा यू-२० भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तानको भिडन्त आज

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा आज नेपाल र उज्वेकिस्तान आमने-सामने हुँदैछन्। श्रीलंकाको कोलम्बोमा आयोजना हुने यो निर्णायक खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

नेपालले फाइनलमा प्रवेश गर्न तुर्कमिनिस्तानलाई लिग चरणको अन्तिम खेलमा ३–० को सोझो सेटमा हराएको थियो। यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई पनि समान ३–० को सेटमा पराजित गरेको थियो। यद्यपि, उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार बेहोरेको थियो।

उज्वेकिस्तान भने समूह चरणको सबै खेलमा अपराजित रहँदै शीर्ष स्थानमा फाइनल पुगेको छ। नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।

यो च्याम्पियनसिपमा आयोजक श्रीलङ्कासहित नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, माल्दिभ्स, र कीर्गिस्तान सहभागी छन्।


  • Jigyasa media

थप