Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष वाईबालाई बधाई ज्ञापन

नेपाल तेक्वान्दो संघका जिल्ला कार्यालय उद्घाटन

  •   २ वर्ष अघि | २९ असार २०८१, शनिबार

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्षमा तेस्रो पटक मनोनित हुनुभएका मानवीर वाईबालाई नेपाल तेक्वान्दो संघ काभ्रेपलाञ्चोकले बधाई ज्ञापन गरेको छ। संघको जिल्ला कार्यसमितिको कार्यालय उद्घाटनको अवसरमा आज वाईबालाई बधाई ज्ञापन गरिएको हो। उहाँ बागमती प्रदेश खेलकुद विकास परिषद्बाट असार २० गते अध्यक्षमा नियुक्त हुनुभएको थियो। खेलकुद विकास समितिमा उहाँको यो तेस्रो कार्यकाल हो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले जिल्लाको खेलकुद विकासका लागि सबैको एकताबद्ध सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयो। खेलकुद पूर्वाधार र सामग्री व्यवस्थापनका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी व्यवस्थापन प्रयास गर्ने बताउनुभयो।

वाईबाले खेल विकासका लागि युवाजनशक्तिहरूको सम्भावना र चुनौती उतिकै रहेको उल्लेख गर्दै, नीतिगत रुपमा आवश्यक पहलहरू अघि बढिरहेको जानकारी दिनुभयो। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि नजिकै आएकोले, सक्षम खेलाडी उत्पादन र आवश्यक समन्वयका लागि निरन्तर संघहरूसँग सहकार्यलाई बढावा दिन आग्रह गर्नुभयो। 

नेपाल तेक्वान्दो संघ काभ्रेपलाञ्चोकका अध्यक्ष केशव थापाले जिल्ला खेलकुद विकास समितिको सहयोगले जिल्ला कार्यालय उद्घाटन गर्न सम्भव भएको बताउनुभयो। उहाँले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाको पहलमा पनौती नगरपालिका वडा नं. २ मा तेक्वान्दो हल बनाउनका लागि जग्गा प्राप्त भईसकेको र निर्माण कार्य जारी रहेको जानकारी दिनुभयो।

काभ्रेपलाञ्चोक जिल्लामा डब्लुटिएफ तेक्वान्दोका ११ वटा क्लबमा करिब एक हजार खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन्। अध्यक्ष थापाको नेतृत्वमा रहेको नेपाल तेक्वान्दो संघको कार्यसमितिमा उपाध्यक्षद्धय उद्धव सापकोटा र अमृत हुँमागाई, सचिव रामकृष्ण घिमिरे, सहसचिव दीपक थापा, कोषाध्यक्ष रुपक ताम्राकार र सदस्यहरूमा दीपेन्द्र थापा, चाँदनी पौडेल, विनोद थापा, मनोज सापकोटा, स्नेह भेटवाल, कृष्णप्रसाद घिमिरे, सुरथ लामा, सुनिल सापकोटा र आदेश थापा रहेका छन्।

  • Reporter

थप