Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा, पेनाल्टी सुटआउटमा भुटानलाई हरायो

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं। नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइयो। पेनाल्टी सुटआउटमा नेपालका राम थापा, अविनाश स्याङ्गतान, सीमान्त थापा, र जियारथ शेखले गोल गरे भने भुटानका तर्फबाट जेत्सुन दोर्जी मात्र गोल गर्न सफल भए।

नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै खेलका नायक बने। अब नेपालले भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। फाइनल खेल आगामी बुधबार हुनेछ।

  • Jigyasa media

थप