Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

साफ यू–२० च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा भुटानसँग भिड्दै

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाडौँ ।  साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह 'बी' को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने टुंगो लागेको हो। 

नेपाल र भुटानबीचको सेमिफाइनल खेल आइतबार हुने छ। समूह 'बी' मा भारत विजेता बनेको छ भने माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। भुटान तीन अंकका साथ सेमिफाइनलमा पुगेको हो। 

साबिक विजेता भारतले सेमिफाइनलमा साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी बुधबार एन्फाले आयोजना गर्नेछ।

  • Jigyasa media

थप