Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

यू-१९ महिला विश्वकप छनोट : पहिलो पटक नेपाली महिला क्रिकेट टिम विश्वकपमा सहभागी हुने

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

काठमाडौं, कात्तिक २८ – नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्ने अवसर प्राप्त गरेको छ। बुधबार भएको छनोट खेलमा नेपालले घरेलु टिम यूएईलाई ८ विकेटले पराजित गर्दै आगामी जनवरीमा मलेसियामा आयोजना हुने आईसीसी यू-१९ टी-२० महिला विश्वकपमा स्थान सुरक्षित गरेको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेट गुमाएर सजिलै पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले नटआउट रहँदै सबैभन्दा बढी ३५ रन बनाइन्, जबकि कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साथै, साबित्री धामीले १२ रन बनाउँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलिन्।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। यूएईको लागि कप्तान समाइरा धर्निधरकाले ३१ रन बनाइन्, रिनिथा रञ्जितले २० रन, र ओपनर लावन्या केनी तथा इन्दुजा नन्दाकुमारले समान १० रनको योगदान दिए।

बलिङतर्फ नेपालकी कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिइन्। उनले एकै ओभरमा ३ खेलाडीलाई आउट गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याइन्। नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट हात पारेका थिए।


  • Jigyasa media

थप