Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार

  •   २ वर्ष अघि | १९ माघ २०८१, शनिबार

काठमाडौं — काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेट सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको छ। लगातार दोस्रो हारसँगै नेपाल अंकविहीन रहेको छ, भने थाइल्याण्डले लगातार दोस्रो जित दर्ता गर्दै ४ अंक जोडेको छ।

नेपालले टस जितेर ब्याटिङ रोज्दा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन बनायो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले समान २५ रन बनाए। कप्तान इन्दु बर्माले १५, कविता जोशीले ८, र सिता राना मगरले २ रन जोडे। थाइल्याण्डका बलर थिपचा पुत्थावोंगले ३ विकेट लिए भने फन्नीता माया र नाट्टाया बुचाथमले समान २ विकेट लिए।

१०२ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नान्नापत बुइथोंगले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६० रन जोडे। नेपालका बलर मनिषा उपाध्यायले २ विकेट लिए भने कविता जोशी, कविता कुँवर, र रुबिना क्षेत्रीले समान १ विकेट लिए। खेलका दौरान कविता कुँवर र मनिषा उपाध्याय घाइते भई मैदानबाट बाहिरिएका थिए।

नेपालले आफ्नो तेस्रो खेलमा आइतबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ भने थाइल्याण्डले सोमबार नेदरल्याण्ड्ससँग खेल्नेछ।


  • Jigyasa media

थप