Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

१३ वर्षपछि नेपालको ऐतिहासिक जित, अफगानिस्तानलाई २-० ले हरायो

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

काठमाडौं, मंसिर २ – नेपाली फुटबल टिमले १३ वर्षपछि अफगानिस्तानमाथि ऐतिहासिक विजय हासिल गर्दै प्रशंसनीय प्रदर्शन गरेको छ। ताजिकिस्तानको डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो।

नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले समान एक–एक गोल गर्दै टिमलाई जित दिलाए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाए भने रोहितले ७८औं मिनेटमा गोल थप्दै जितलाई मजबुत बनाए।

रोहित चन्दले यो खेलमार्फत नेपाली टिमका लागि आफ्नो करियरकै पहिलो गोल गरेका छन्। १५ वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका उनले अन्ततः यो महत्त्वपूर्ण क्षण अनुभव गर्न सफल भएका हुन्।

विगतको संघर्षलाई तोड्दै शानदार जित

नेपालले यसअघि २०११ मा दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनोटमा अफगानिस्तानलाई १-० ले पराजित गरेको थियो। त्यो खेलमा भरत खवासले निर्णायक गोल गरेका थिए।

यो जितसँगै नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हात पारेको छ। फिफा विश्वकप र एएफसी एसियन कप छनोट अन्तर्गत २०२३ अक्टोबरमा लाओसविरुद्धको जितपछि सात खेलसम्म नेपाल जितविहीन रहेको थियो।

नेपालले अहिलेको खेलले आफ्नो आत्मविश्वास पुनः कायम गरेको र आगामी खेलका लागि सकारात्मक संकेत देखाएको छ। नेपाली फुटबलप्रेमीहरूका लागि यो जितले उत्साह र आशाको किरण थपिदिएको छ।


  • Jigyasa media

थप