Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी शुरुवात

  •   २ वर्ष अघि | १८ साउन २०८१, शुक्रबार

काठमाडौं ।  - नेपालले काठमाडौंमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।


नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो।

नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्नेछ। यो खेल अपराह्न ३ बजेदेखि शुरु हुनेछ। त्यस्तै, नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्नेछ। लिग चरणको अन्तिम खेल नेपालले सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।

  • Jigyasa media

थप