Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी शुरुवात

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काठमाडौं ।  - नेपालले काठमाडौंमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।


नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो।

नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्नेछ। यो खेल अपराह्न ३ बजेदेखि शुरु हुनेछ। त्यस्तै, नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्नेछ। लिग चरणको अन्तिम खेल नेपालले सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।

  • Jigyasa media

थप