Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशको भिडन्त हुने

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार भएको सेमिफाइनल खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले छैटौं पटक फाइनलमा स्थान बनाउन सफल भएको छ।

नेपालले उपाधिका लागि बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

खेलको दौरानमा नेपाल र भारतबीच निकै तनावपूर्ण खेल देखिएको थियो। खेलको दोस्रो हाफमा नेपालकी रेखा पौडेललाई दोहोरो पहेंलो कार्डका कारण मैदानबाट बाहिरिनु परेपछि १० खेलाडीमा सीमित नेपाललाई दबाबमा पार्दै भारतले सुरुआतमा अग्रता बनाएको थियो। तर, खेलको उत्तरार्धमा प्रिति राईको उत्कृष्ट पासबाट सावित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

निर्धारित समयमा दुवै टोलीको गोल संख्या १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमार्फत् गरिएको थियो। टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गर्दै नेपाललाई फाइनलको यात्रा तय गराए।

सन् २०२२ मा पनि नेपाल र बंगलादेशबीच फाइनल भएको थियो, जसमा बंगलादेशले ३–१ गोलले जित्दै उपाधि हात पारेको थियो। यसपटक नेपालले घरेलु मैदानमा जित हासिल गर्दै पहिलो पटक उपाधि उचाल्ने लक्ष्य राखेको छ।


  • Jigyasa media

थप