Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

गुजरातको शानदार जित, बेंगलुरुको पहिलो पराजय

  •   २ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

 चैत२१, काठमाडौं । जस बट्लरको अविजित अर्धशतकको मद्दतले गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले पराजित गर्दै गुजरातले महत्त्वपूर्ण दुई अंक हासिल गर्‍यो।

बेंगलुरुले प्रस्तुत गरेको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। बट्लरले विस्फोटक प्रदर्शन गर्दै ३९ बलमा ७३ रन बनाए, जसमा ५ चौका र ६ छक्का सामेल थिए। त्यस्तै, साइ सुदर्शनले ४९ रन योगदान दिए भने शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे। कप्तान शुभमन गिलले १४ रन बनाए।

बेंगलुरुका बलर जोश हेजलवूड र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। टोलीका लागि लियाम लिभिङस्टनले ५४ रनको महत्वपूर्ण योगदान दिए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए।

गुजरातका बलर मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। साइ किशोरले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले समान १-१ विकेट हात पारे।

यस जितसँगै गुजरातले तीन खेलबाट ४ अंक जोड्दै चौथो स्थान सुरक्षित गरेको छ, जबकि समान खेल खेलेको बेंगलुरु शीर्षस्थानबाट तेस्रो स्थानमा झरेको छ।


  • Jigyasa media

थप