Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

काठमाडौं । एसीसी महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत नेपालले आईतबार आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । खेलअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाउँदै १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।


जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले ११.५ ओभरमै जम्मा १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको रंगिरी दमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रनको योगफल तयार पारेको हो ।


छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन् ।


३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भइन् । सिता रानामगर २६ रन बनाउँदा रन आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन् । कप्तान इन्दु बर्मा शुन्य रनमा नै बोल्ड आउट भइन् ।


रुविना क्षेत्री ८ रनमा रनआउट रहिन् । नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन् । नेपालले अब मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • Jigyasa media

थप