Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

पीएम कप क्रिकेट: सुर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमतीको कोशीमाथि फराकिलो जित

  •   २ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत ९ – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले शानदार प्रदर्शन गर्दै कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको छ। शनिबार देउखुरीमा सम्पन्न खेलमा बागमतीका स्पिनर सुर्य तामाङको घातक बलिङ निर्णायक रह्यो।

बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमै १०९ रनमा समेटियो। कोशीका लागि आइस भट्टराईले सर्वाधिक ३७ रन बनाए भने सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रनको योगदान दिए। तर, सुर्य तामाङले ९ ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिँदै कोशीको ब्याटिङ लाइन ध्वस्त पारे। साथै, रिजन ढकालले ३ विकेट तथा साकार गजुरलले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २४० रनमा सीमित भयो। शुभ कंसाकारले ३९, आशुतोष घिरैयाले २९ तथा इशान पाण्डे र बिपिन आचार्यले समान २५ रन बनाए। रिजन ढकालले २२, सोनु देवकोटाले १८ तथा सुर्य तामाङले अविजित १७ रनको योगदान दिए।

कोशीका बलरहरूमध्ये सुजन थपलिया र प्रकाश कार्कीले समान २-२ विकेट लिए भने फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १-१ विकेट हात पारे।

सुर्य तामाङको उत्कृष्ट बलिङ प्रदर्शनकै कारण बागमतीले प्रतियोगितामा महत्वपूर्ण जित हासिल गर्नसफल भयो।


  • Jigyasa media

थप