Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

पीएम कप क्रिकेट: सुर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमतीको कोशीमाथि फराकिलो जित

  •   १ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत ९ – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले शानदार प्रदर्शन गर्दै कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको छ। शनिबार देउखुरीमा सम्पन्न खेलमा बागमतीका स्पिनर सुर्य तामाङको घातक बलिङ निर्णायक रह्यो।

बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमै १०९ रनमा समेटियो। कोशीका लागि आइस भट्टराईले सर्वाधिक ३७ रन बनाए भने सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रनको योगदान दिए। तर, सुर्य तामाङले ९ ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिँदै कोशीको ब्याटिङ लाइन ध्वस्त पारे। साथै, रिजन ढकालले ३ विकेट तथा साकार गजुरलले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २४० रनमा सीमित भयो। शुभ कंसाकारले ३९, आशुतोष घिरैयाले २९ तथा इशान पाण्डे र बिपिन आचार्यले समान २५ रन बनाए। रिजन ढकालले २२, सोनु देवकोटाले १८ तथा सुर्य तामाङले अविजित १७ रनको योगदान दिए।

कोशीका बलरहरूमध्ये सुजन थपलिया र प्रकाश कार्कीले समान २-२ विकेट लिए भने फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १-१ विकेट हात पारे।

सुर्य तामाङको उत्कृष्ट बलिङ प्रदर्शनकै कारण बागमतीले प्रतियोगितामा महत्वपूर्ण जित हासिल गर्नसफल भयो।


  • Jigyasa media

थप