Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा, दक्षिण अफ्रिकामाथि ५० रनको जित

  •   २ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

काठमाडौं, फागुन २२ – दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

दक्षिण अफ्रिकाको संघर्ष, मिलरको शतक व्यर्थ

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो। शतकिय इनिङ खेले पनि डेविड मिलर टोलीलाई जित दिलाउन असफल रहे। उनले ६७ बलमा १० चौका र ४ छक्कासहित अविजित १०२ रन बनाए। रसि भान डेर डुसेनले ६९ रन बनाएर बोल्ड आउट भए भने कप्तान टेम्बा बभुमा ५६ रनमा क्याच आउट भए।

एडेन मक्रमले ३१ र रायन रिकेल्टोनले १७ रनको योगदान दिए। न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए भने म्याट हेन्री र ग्लेन फिलिप्सले समान २ विकेट हात पारे।

न्युजिल्यान्डको सानदार ब्याटिङ प्रदर्शन

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको विशाल योगफल तयार गरेको थियो।

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक बनाए। रविन्द्रले १०१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०८ रन बनाए भने विलियम्सनले ९४ बलमा १० चौका र २ छक्कासहित १०२ रनको योगदान दिए।

डेर्ली मिचेल ४९ रनमा आउट भए भने ग्लेन फिलिप्स अविजित ४९ रन बनाए। विल योङले २१ र माइकल ब्रासवेलले १६ रन जोडे।

अब न्युजिल्यान्डले उपाधिका लागि आइतबार भारतविरुद्ध

युएईमा खेल्नेछ।


  • Jigyasa media

थप