Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

महिला यु–१९ विश्वकप एसिया छनोट: नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै सुखद सुरुआत

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

२०८१ कार्तिक २१, काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित द सेभेन क्रिकेट रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल खडा गरेको थियो। कप्तान पूजा महतोले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाएर टिमलाई सशक्त स्थिति दिलाएकी थिइन्। सीमाना केसी र सोनी पाख्रिनले पनि समान १९-१९ रनको महत्वपूर्ण योगदान दिए।

१०३ रनको लक्ष्य पछ्याउन उत्रिएको थाइल्यान्डको टिम ११.४ ओभरमै ३५ रनमा सिमित भएको थियो। थाइल्यान्डका अपिसरा सुवान्चोरथीले १३ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि रचनाकुमारी चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट हात पारिन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई–दुई विकेट लिए। करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले पनि एक–एक विकेट लिएर बलिङलाई सशक्त बनाए।

थाइल्यान्डको बलिङमा चारुकन साइमाले दुई र सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन्।

यो प्रतियोगिता यही कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले महिला यु–१९ विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले आफ्नो दोस्रो खेल भोलि (बिहीबार) कुवेतसँग खेल्ने तालिका छ। विश्वकप प्रतियोगिता आगामी वर्ष मलेसियामा आयोजना हुँदैछ।


  • Jigyasa media

थप