Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

एम्बाप्पे अब रियल म्याड्रिडमा

  •   २ वर्ष अघि | ३ साउन २०८१, बिहिबार

पेरिस । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले बुधबार औपचारिक सम्झौता गरेको हो । यसअघि उनले बुधबार नै मेडिकलसमेत गरेका थिए । रियल म्याड्रिडले बुधबारै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरूसमक्ष प्रस्तुत गरेको छ ।


२५ वर्षीया एम्बाप्पे फ्री–ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्नेछन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।


मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो ७ वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।


२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको नियमित खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने ४ सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९–२० सिजनमा पिएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।


किलायन एम्बाप्पेले आगामी महिना हुने एटलान्टाविरुद्धको युइएफए सुपर कपमा रियल मड्रिडका लागि डेब्यू गर्ने तयारी गरेका छन् ।


पेरिस सेन्ट जर्मेनबाट रियल भित्रिएपछि २५ वर्षीय फ्रेन्च खेलाडीलाई रियलको डेब्यू र उनको नाकको चोटको अवस्थाबारे प्रश्न गरिएको थियो । जवाफमा उनले आगामी महिना हुने युरोपा लिग विजेता एटलान्टासँगको भिडन्तलाई आफूले लक्ष्य बनाइरहेको बताएका हुन् ।


अमेरिकामा हुने क्लबको प्रि–सिजन टुरबारे गरिएको प्रश्नमा उनले भने, ‘यस विषयमा प्रशिक्षक र क्लबसँग सल्लाह गर्छु । यदि क्लबले हुन्छ भन्यो भने म जान्छु । म अहिले क्लबको अधीनमा छु । सुपर कप खेल खेल्न पाउँछु भन्नेमा म आशावादी छ । तर, यो पनि प्रशिक्षकमा भरपर्छ । पहिलो खेल खेल्नका लागि म मिहिनेत गर्नेछु ।’


आफ्नो नाकको चोटको बारे उनले थपे, ‘म मेडिकल टोलीसँग सम्पर्कमा छु । मैले उहाँहरूको सल्लाह सुनिरहेको छु र सकेसम्म चाँडो मैदानमा फर्कनेछु । म टोलीलाई सकेसम्म अधिकतम योगदान दिन चाहन्छु ।’


यो हाइफ्रोफाइल ट्रान्सफरपछि फुटबल समर्थकहरूले एम्बाप्पेले कहिलेदेखि खेल्न थाल्छन् भनेर प्रतीक्षामा छन् । रियलले ३१ जुलाईदेखि अमेरिकामा प्रिसिजन सुरु गर्नेछ ।


पहिलो खेलमा एसी मिलानको सामना गरेपछि टोलीले बार्सिलोना र चेल्सीसँग खेल्नेछ । सुपर कपको फाइनल खेल भने पोल्यान्डको वारसमा हुनेछ ।उनले रियल म्याड्रिडमा आबद्ध हुने आफ्नो बाल्यकालको सपना पूरा भएको बताएका छन् । खचाखच भरिएको स्यान्टियो बर्नाबेउमा मंगलबार स्वागत गर्दा उनले सो कुरा बताएका हुन् ।


पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा क्लबसँग ५ वर्षको सम्झौताको प्रक्रिया सुरु गरेका हुन् । युरो २०२४ मा फ्रान्सको संलग्नताका कारण उनको प्रक्रियामा ढिलाइ भएको थियो । जहाँ टोली स्पेनसँग सेमिफाइनल चरणमा पराजित भएको थियो ।


बर्नाबेउमा ८० हजारभन्दा बढी समर्थकहरूको भिडलाई सम्बोधन गर्दै एमबाप्पेले आफूले सधैँ आफूलाई रियल म्याड्रिडको खेलाडी भन्न सक्ने क्षणको सपना देखेको थियो । एम्बाप्पेले भने, ‘मैले रियल म्याड्रिडबाट एक दिन खेल्ने सपना देखेर रात बिताएँ र आज म एक खुसी मान्छे हुँ । मेरो परिवार यहाँ धेरै खुसी छ । म मेरी आमा रोएको देख्न सक्छु । यो मेरो लागि अविश्वसनीय दिन हो, मैले यो दिनको सपना सानैदेखि देखेको थिएँ । यो दिन मेरो लागि धेरै अर्थपूर्ण छ ।’

  • Reporter

थप