Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

एएफसी यु-२० एसियन कप छनोटमा नेपाल आज बहराइनसँग खेल्दै

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

काठमाडौँ – चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। समूह बी अन्तर्गत हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ।

नेपालले यसअघि तीन खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ। पाँच टोली सहभागी समूह बी मा नेपाल तीन अंकसहित चौथो स्थानमा रहेको छ, जबकि बहराइनले समान तीन अंकका साथ तेस्रो स्थानमा स्थान बनाएको छ।

समूहको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानले दुवै खेल जितेर ६ अंक प्राप्त गरेको छ भने कम्बोडिया पनि तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना भने समाप्त भएको छ।

नेपाल आजको खेलमा जित हासिल गर्दै प्रतियोगितालाई सम्मानजनक रूपमा समाप्त गर्ने प्रयासमा हुनेछ।

  • Jigyasa media

थप