Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

समीरको ह्याट्रिकले नेपाललाई चाइनिज ताइपेईविरुद्ध ३-१ को जित दिलायो

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

काठमाडौं, असोज ७ – एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समीर तामाङको ह्याट्रिक मद्दतमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३-१ ले पराजित गरेको छ। यो जितसँगै समूह बी मा नेपालले दुई खेलबाट ३ अंक जोडेको छ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो। न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले तीन गोल गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेले।

खेलको ३२औं मिनेटमा पहिलो गोल गरेका समीरले दुई मिनेटमै दोस्रो गोल थप्दै नेपालको अग्रता दोब्बर बनाए। चाइनिज ताइपेईका याङ चाओ जिङले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि ८४औं मिनेटमा समीरले ह्याट्रिक पूरा गर्दै नेपालको जित सुनिश्चित गरे।

समीरले यस प्रतियोगितामा दुई खेलबाट ४ गोल गरिसकेका छन्, जसमा कम्बोडियाविरुद्ध पराजित खेलमा गरिएको एक गोल पनि समावेश छ।

यसैदिन उज्वेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले पराजित गरेपछि समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाले समान ३ अंक जोडेका छन्। गोल अन्तरका आधारमा उज्वेकिस्तान शीर्ष स्थानमा छ भने बहराइन दोस्रो, नेपाल तेस्रो स्थानमा छ।

नेपालले समूहको तेस्रो खेल बुधबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ भने अन्तिम खेल शुक्रबार बहराइनसँग हुनेछ।

यस प्रतियोगितामा एसियाका ४५ टोलीलाई १० समूहमा विभाजन गरी खेलाइएको छ। प्रत्येक समूह विजेता र उत्कृष्ट ५ उपविजेता टोलीले २०२५ मा चीनमा हुने एएफसी यू-२० एसियन कपमा स्थान बनाउनेछन्।



  • Jigyasa media

थप