Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

समीरको ह्याट्रिकले नेपाललाई चाइनिज ताइपेईविरुद्ध ३-१ को जित दिलायो

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

काठमाडौं, असोज ७ – एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समीर तामाङको ह्याट्रिक मद्दतमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३-१ ले पराजित गरेको छ। यो जितसँगै समूह बी मा नेपालले दुई खेलबाट ३ अंक जोडेको छ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो। न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले तीन गोल गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेले।

खेलको ३२औं मिनेटमा पहिलो गोल गरेका समीरले दुई मिनेटमै दोस्रो गोल थप्दै नेपालको अग्रता दोब्बर बनाए। चाइनिज ताइपेईका याङ चाओ जिङले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि ८४औं मिनेटमा समीरले ह्याट्रिक पूरा गर्दै नेपालको जित सुनिश्चित गरे।

समीरले यस प्रतियोगितामा दुई खेलबाट ४ गोल गरिसकेका छन्, जसमा कम्बोडियाविरुद्ध पराजित खेलमा गरिएको एक गोल पनि समावेश छ।

यसैदिन उज्वेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले पराजित गरेपछि समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाले समान ३ अंक जोडेका छन्। गोल अन्तरका आधारमा उज्वेकिस्तान शीर्ष स्थानमा छ भने बहराइन दोस्रो, नेपाल तेस्रो स्थानमा छ।

नेपालले समूहको तेस्रो खेल बुधबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ भने अन्तिम खेल शुक्रबार बहराइनसँग हुनेछ।

यस प्रतियोगितामा एसियाका ४५ टोलीलाई १० समूहमा विभाजन गरी खेलाइएको छ। प्रत्येक समूह विजेता र उत्कृष्ट ५ उपविजेता टोलीले २०२५ मा चीनमा हुने एएफसी यू-२० एसियन कपमा स्थान बनाउनेछन्।



  • Jigyasa media

थप