१५ मंसिर, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै शानदार विजयी सुरुवात गरेको छ। जनकपुरका लागि लाहिरु मिलान्थाको ५३ बलमा ७५ रनको अविजित अर्धशतक र बलर ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको उत्कृष्ट प्रदर्शनले खेलको मुहार मोडिएको थियो।
विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको थियो, जुन जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा १३१ रन बनाउँदै पूरा गर्यो। मिलान्था र थाकरले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै जनकपुरको जित सुनिश्चित गरे।
मिलान्थाले ९ चौका र ३ छक्का सहित ५३ बलमा ७५ रन बनाए भने, हर्ष थाकरले ३३ बलमा २ चौका र २९ रन बनाए। खेलको निर्णायक पलोंमा थाकरले विजयी चौका प्रहार गर्दै जनकपुरलाई जित दिलाए।
विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले एक/एक विकेट लिएका थिए, जबकि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। विराटनगरका लागि मार्टिन गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक प्रहार गरे।
जनकपुरका बलर ललित राजवंशीले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदै खेलको प्रमुख बलर बने। अलराउन्डर हर्ष थाकरले पनि ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।
एनपीएल २०८१ मा जनकपुरको यो शानदार जितले उनको आत्मविश्वासमा वृद्धि भएको छ र यसले आगामी खेलहरूको उत्साहलाई थप बढायो।
- Jigyasa media