Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

एनपीएल: मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

  •   २ वर्ष अघि | १५ मंसिर २०८१, शनिबार

१५ मंसिर, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै शानदार विजयी सुरुवात गरेको छ। जनकपुरका लागि लाहिरु मिलान्थाको ५३ बलमा ७५ रनको अविजित अर्धशतक र बलर ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको उत्कृष्ट प्रदर्शनले खेलको मुहार मोडिएको थियो।

विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको थियो, जुन जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा १३१ रन बनाउँदै पूरा गर्‍यो। मिलान्था र थाकरले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै जनकपुरको जित सुनिश्चित गरे।

मिलान्थाले ९ चौका र ३ छक्का सहित ५३ बलमा ७५ रन बनाए भने, हर्ष थाकरले ३३ बलमा २ चौका र २९ रन बनाए। खेलको निर्णायक पलोंमा थाकरले विजयी चौका प्रहार गर्दै जनकपुरलाई जित दिलाए।

विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले एक/एक विकेट लिएका थिए, जबकि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। विराटनगरका लागि मार्टिन गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक प्रहार गरे।

जनकपुरका बलर ललित राजवंशीले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदै खेलको प्रमुख बलर बने। अलराउन्डर हर्ष थाकरले पनि ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

एनपीएल २०८१ मा जनकपुरको यो शानदार जितले उनको आत्मविश्वासमा वृद्धि भएको छ र यसले आगामी खेलहरूको उत्साहलाई थप बढायो।


  • Jigyasa media

थप