Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

पलेशा गोवर्धनद्वारा पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्यपदक जित

  •   २ वर्ष अघि | १५ भदौ २०८१, शनिबार

काठमाडौं: पलेशा गोवर्धनले पारालिम्पिक खेलमा नेपालका लागि ऐतिहासिक कास्यपदक जितेर नाम कमाएकी छन्। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के–४४ वर्गको महिला ५७ केजी तौल समूहमा उनले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी हुन्। यस उपलब्धिसँगै, पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

पहिलो चरणमा, पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को ठूलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएपछि उनी रिपाचेजमा पुगेकी थिइन्। रिपाचेजमा उनले फ्रान्सकी सेफी कार्भजनलाई २–१ ले हराउँदै कास्यपदक नजिक पुगेकी थिइन्।

पलेशाले यसअघि चीनको ताइयानमा भएको पारालिम्पिक एसियाली छनोट प्रतियोगितामा स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी थिइन्। उनले पारालिम्पिक छनोट चरण पार गर्दै प्रतियोगितामा भाग लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि बनाएकी थिइन्। 

यसअघि, पलेशाले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक कास्यपदक जितेकी थिइन्। 

नेपालले २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो। १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन्। 

पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन्। २०१९ मा जोर्डनमा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी पलेशाले, टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान प्राप्त गरेकी थिइन्। साथै, उनले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।

  • Jigyasa media

थप