Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी पूरा गर्नेछु: अध्यक्ष वाइबा

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्ष पदमा मानविर वाइबाले बिहीबार पदभार ग्रहण गरेका छन्। बनेपा ६ बुडोलस्थित समिति कार्यालयमा आयोजित कार्यक्रममा वाइबाले अध्यक्षताको जिम्मेवारी सम्हालेका हुन्। 

कार्यक्रमको अध्यक्षता बनेपा नगरपालिका वडा नं. ६ का अध्यक्ष सचितान्द केसीले गरेका थिए। पदभार ग्रहण समारोहमा वाइबाले आफ्नो तेस्रो कार्यकालमा जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा सम्पन्न खेलकुद महोत्सव, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, खेलकुद विकास समितिको भवन निर्माण, खेलमैदान निर्माण तथा प्रशिक्षक उत्पादन जस्ता कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै लैजाने बताए। 

वाइबाले आफ्नो तेस्रो कार्यकालमा जिल्ला खेलकुद क्षेत्रको विकासका लागि सम्पूर्ण बाँकी कार्यहरू सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले काभ्रे जिल्लाको खेल क्षेत्रमा पुनः योगदान पुर्‍याउने अवसर दिनुहुने बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री रत्न प्रसाद ढकाल र बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारीप्रति आभार व्यक्त गरे। 

वडा अध्यक्ष सचितान्द केसीले वाइबालाई खेल क्षेत्रमा थप योगदान गर्न आग्रह गर्दै उनको कार्यकाल सफलताको शुभकामना दिए।    कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेका कार्यालय प्रमुख बलराम शर्मा , नेपाल पत्रकार महासघ काभ्रे पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकारहरु पेमा लामा, मनकाजी सुवाल, आईटिएफका किशोर बरुण, फुलकन्ट्याक्ट कराँतेका गोविन्दलाल श्रेष्ठ, कराँते प्रशिक्षक ओमप्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक फिरोज शाक्य, राकेश भोक्षिभोया, बक्सिङ्गका बरिष्ठ प्रशिक्षक किरण बहादुर कार्की, उसु प्रशिक्षक नमोराज लामा, विजय सुन्दर सैँजु, तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्य, भिमबहादुर कर्माचार्य, कराँते महासंघका श्याम कुँवर, गौतम मानन्धर, कविरकुमार रञ्जितकार लगायतको उपस्थिति रहेको थियो ।

  • Reporter

थप