Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएलमा पञ्जाबको बलियो प्रदर्शन, चेन्नईलाई १८ रनले हराउँदै तालिकाको शीर्ष चारमा प्रवेश

  •   २ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

काठमाडौँ, चैत २७ – इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो खेलमा पञ्जाब किंग्सले दमदार प्रदर्शन गर्दै चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ। यो जितसँगै पञ्जाब अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

पियांश आर्याको विस्फोटक शतक

पञ्जाबका ओपनर पियांश आर्याले ४२ बलमा ७ चौका र ९ छक्कासहित शानदार १०३ रन बनाउँदै टोलीको आधार मजबुत बनाए। उनका साथै सशान्क सिंहले ५२ रन र मार्को जेनसनले ३४ रनको योगदान दिँदै पञ्जाबले ६ विकेटको क्षतिमा २१९ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो।

चेन्नईको प्रयास अधुरो

२२० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। ओपनर डेभोन कन्वेले ६९ रन बनाउँदै रिटायर्ड हर्ट भए भने शिवम दुवेले ४२ र रचिन रविन्द्रले ३६ रनको योगदान दिए। अन्त्यतिर महेन्द्र सिंह धोनीले पनि २७ रन जोडे तापनि जितको लागि पर्याप्त भएन।

पञ्जाबले उक्लियो चौथो स्थानमा

यो जितसँगै पञ्जाबले ४ खेलबाट ६ अंक बटुलेको छ। समान अंक भए पनि नेट रनरेटको आधारमा लखनउ सुपर जायन्ट पाँचौँ स्थानमा रह्यो।

मंगलबारको पहिलो खेलमा रोमाञ्चक जित

त्यसअघि मंगलबारकै पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ४ रनको रोमाञ्चक जित निकाल्दै अंक तालिकामा छैटौँ स्थानमा स्थान बनाएको थियो।

  • Jigyasa media

थप