Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईसीसी विश्वकप लिग २: नेपाललाई अमेरिकासँग ३७ रनको हार

  •   २ वर्ष अघि | १८ कार्तिक २०८१, आइतवार

काठमाण्डौ ।

शनिबार आईसीसी विश्वकप लिग २ अन्तर्गत भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.१ ओभरमा २४४ रनमा सबै विकेट गुमायो।

नेपालका लागि ओपनर अनिल साहले उत्कृष्ट प्रदर्शन गर्दै ८० बलमा ५२ रन बनाए, जसमा ४ चौका र १ छक्का समावेश थियो। अर्का ओपनर आसिफ शेख भने मात्र ६ रनमा पभेलियन फर्किएका थिए।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने कुशल भुर्तेलले पनि १ विकेट हात पारे। अमेरिकाका लागि साइतेजा मुक्कामाले ७५ रन बनाए भने कप्तान मोनाक पटेलले ६७ रन र ५९ रनको अन्य अर्धशतकीय योगदान दिए।

सिरिजअन्तर्गत नेपालले सोमबार स्कटल्यान्डसँग आफ्नो अन्तिम खेल खेल्नेछ।


  • Jigyasa media

थप