Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएलमा धमाका: अभिषेक शर्माको तुफानी शतकसहित हैदराबादको शानदार जित, पन्जाब ८ विकेटले पराजित

  •   २ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

चैत्र ३१, २०८१, आइतबार | काठमाडौँ ।शनिबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

२४६ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको हैदराबादका लागि अभिषेक शर्माले अद्भुत ब्याटिङ प्रदर्शन गरे। उनले मात्र ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रनको विस्फोटक इनिङ खेले। उनलाई अर्शदीप सिंहले आउट गरे पनि त्यो बेलासम्म हैदराबाद सहज जीतको बाटोमा अघि बढिसकेको थियो।

१८.३ ओभरमै लक्ष्य भेट्दै हैदराबादले पन्जाबमाथि ८ विकेटको प्रभावशाली जित हात पार्‍यो।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले पनि उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रन बनाएको थियो। श्रेयस अय्यरको अर्धशतक र मार्कस स्टोइनिसको आक्रामक ब्याटिङ पन्जाबको पारीको आधार रह्यो। यो स्कोर पन्जाबको आईपीएल इतिहासको दोस्रो उच्च योगफल पनि हो।

बलिङतर्फ हैदराबादका हर्षल पटेलले ४ विकेट लिएर विपक्षी ब्याट्सम्यानहरूलाई दबाबमा राख्न सफल भए। इशान मालिङाले २ विकेट लिएर उनलाई साथ दिए।

अभिषेक शर्माको ऐतिहासिक प्रदर्शनले हैदराबादलाई न केवल जित दिलायो, बरु आगामी खेलमा मनोबलसमेत उच्च बनाएको छ। यता, पन्जाबका लागि भने बलिङतर्फ पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ।

  • Jigyasa media

थप