Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

बर्डफ्लु संक्रमित कुखुरा वा पन्छी बिक्री गरे कडा कारबाही हुने, पशुसेवा विभागको चेतावनी

  •   ४ महिना अघि | १९ असार २०८३, शुक्रबार

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण गर्ने व्यक्ति वा व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संक्रमित पन्छी बजारमा बिक्री नगर्न सबै व्यवसायीलाई आग्रह गर्दै संक्रमण पुष्टि भएका पन्छी बिक्री गरेको पाइए कानुनी कारबाही गरिने स्पष्ट पारे।

गत चैतदेखि देशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ। विभागका अनुसार भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित जिल्लामा प्राविधिक टोली तथा र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणउन्मुख भए पनि अन्यत्र फैलिन नदिन निगरानी र नियन्त्रणका गतिविधि तीव्र पारिएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। मरेका कुखुरा वा संक्रमित पन्छी जथाभावी फाल्दा तथा नष्ट गर्ने क्रममा पनि मानिसमा संक्रमण सर्न सक्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप अझै उपलब्ध नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।

यस्तै, प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन, मुचुल्का संकलन तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन गर्ने काम पनि जारी रहेको विभागले जनाएको छ।

  • Jigyasanepal

थप