Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

भारतले श्रीलंकाविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित निकाल्यो

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

काठमाण्डौ । श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटले जितेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो।

टस जितेर ब्याटिङको निम्तो पाएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १६१ रन बनायो। श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले। उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन र कामिन्दु मेन्डिसले २६ रन बनाए। श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भए।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए। अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान २-२ विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ सुरु भए लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भयो। वर्षाले खेल अवरुद्ध भएपछि ८ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पायो। भारतले उक्त लक्ष्य ६.३ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाउँदै पूरा गर्‍यो।

भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाए भने कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे। हार्दिक पाण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए।

श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले समान १-१ विकेट लिए। यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ।

  • Jigyasa media

थप