Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

भारतले श्रीलंकाविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित निकाल्यो

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

काठमाण्डौ । श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटले जितेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो।

टस जितेर ब्याटिङको निम्तो पाएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १६१ रन बनायो। श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले। उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन र कामिन्दु मेन्डिसले २६ रन बनाए। श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भए।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए। अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान २-२ विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ सुरु भए लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भयो। वर्षाले खेल अवरुद्ध भएपछि ८ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पायो। भारतले उक्त लक्ष्य ६.३ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाउँदै पूरा गर्‍यो।

भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाए भने कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे। हार्दिक पाण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए।

श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले समान १-१ विकेट लिए। यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ।

  • Jigyasa media

थप