Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

सबथोक जितेर पनि आँखाबाट आँसु झार्दै बिदा भए डीमारिया

  •   २ वर्ष अघि | २ साउन २०८१, बुधबार

लन्डन, (एजेन्सी) ।अर्जेन्टिनी विंगर एन्जल डीमारिया आफ्नो देशको जर्सीमा खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोपा अमेरिकाको उपाधि जित्दै विदा भएका छन् ।


सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेल डीमारियाका लागि देशको जर्सीमा अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । फाइनलमा उपाधिसँगै उनी खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । एक हातमा उपाधि, अर्को हातमा फाइनल खेलको अवार्ड जितेका डीमारियाका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको बिदाइ निकै सुखद् र भव्य रह्यो । उनी सबथोक जितेर पनि आँखाबाट आँसु झार्दै बिदा भए ।


कोपा अमेरिकाअन्तर्गत फाइनल खेलको एक दिनअघि अर्जेन्टिनी फुटबल संघले विशेष कार्यक्रमबिचमा डीमारियाको बिदाइ सम्मान गरेको थियो । अर्जेन्टिनाले कोपाको फाइनलमा कोलम्बियालाई १–० ले हराएर उपाधि जित्दा डीमारियाले राष्ट्रको जर्सीमा अन्तिम पटक लगाएका थिए ।


प्रशिक्षक लियोनल स्कालोनीले फाइनल खेलमा डीमारियालाई सुरुआतबाट ११७ मिनेटसम्म खेलाएका थिए । खेलभरि गरेको प्रभावशाली प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच अवार्ड प्रदान गरिएको थियो । उपाधि जितेको उत्सव मनाउने क्रममा कप्तान लियोनल मेसीले पनि ट्रफी उचाल्न डीमारियालाई मञ्चको अघिल्तिर आफुसँगै उभिन लगाएका थिए ।


केही तथ्यः

राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यू गरेको

३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको

राष्ट्रिय टोलीको जर्सीमा १७ वर्षसम्म खेलेको

राष्ट्रिय टोलीबाट १४५ खेल खेल्दै ३१ गोल गरेको

४ प्रमुख उपाधि जितेको (२००८ ओलम्पिक फुटबलको स्वर्ण, २ कोपा अमेरिका २०२१/२०२४ र विश्वकप २०२२)

अर्जेन्टिनाको फुटबल इतिहासमा तीन ठूला प्रतियोगिताको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी

  • RSS

थप