Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

सबथोक जितेर पनि आँखाबाट आँसु झार्दै बिदा भए डीमारिया

  •   २ वर्ष अघि | २ साउन २०८१, बुधबार

लन्डन, (एजेन्सी) ।अर्जेन्टिनी विंगर एन्जल डीमारिया आफ्नो देशको जर्सीमा खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोपा अमेरिकाको उपाधि जित्दै विदा भएका छन् ।


सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेल डीमारियाका लागि देशको जर्सीमा अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । फाइनलमा उपाधिसँगै उनी खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । एक हातमा उपाधि, अर्को हातमा फाइनल खेलको अवार्ड जितेका डीमारियाका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको बिदाइ निकै सुखद् र भव्य रह्यो । उनी सबथोक जितेर पनि आँखाबाट आँसु झार्दै बिदा भए ।


कोपा अमेरिकाअन्तर्गत फाइनल खेलको एक दिनअघि अर्जेन्टिनी फुटबल संघले विशेष कार्यक्रमबिचमा डीमारियाको बिदाइ सम्मान गरेको थियो । अर्जेन्टिनाले कोपाको फाइनलमा कोलम्बियालाई १–० ले हराएर उपाधि जित्दा डीमारियाले राष्ट्रको जर्सीमा अन्तिम पटक लगाएका थिए ।


प्रशिक्षक लियोनल स्कालोनीले फाइनल खेलमा डीमारियालाई सुरुआतबाट ११७ मिनेटसम्म खेलाएका थिए । खेलभरि गरेको प्रभावशाली प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच अवार्ड प्रदान गरिएको थियो । उपाधि जितेको उत्सव मनाउने क्रममा कप्तान लियोनल मेसीले पनि ट्रफी उचाल्न डीमारियालाई मञ्चको अघिल्तिर आफुसँगै उभिन लगाएका थिए ।


केही तथ्यः

राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यू गरेको

३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको

राष्ट्रिय टोलीको जर्सीमा १७ वर्षसम्म खेलेको

राष्ट्रिय टोलीबाट १४५ खेल खेल्दै ३१ गोल गरेको

४ प्रमुख उपाधि जितेको (२००८ ओलम्पिक फुटबलको स्वर्ण, २ कोपा अमेरिका २०२१/२०२४ र विश्वकप २०२२)

अर्जेन्टिनाको फुटबल इतिहासमा तीन ठूला प्रतियोगिताको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी

  • RSS

थप